/युभेन्टसमा रोनाल्डोले हाने तेस्रो गोल

युभेन्टसमा रोनाल्डोले हाने तेस्रो गोल

Share on Social Media
एजेन्सी । यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट तेस्रो गोल गरेका छन् ।

इटालियन घरेलु लिग ‘सिरी ए’ अन्तर्गत आइतबार फ्रोसिनोनेविरुद्धको खेलमा रोनाल्डोले एक गोल गरे । यसअघि यसैलिगको सेप्टेम्बर १६ मा भएको खेलमा सासुलोलाई २–१ ले हराउँदा रोनाल्डोले दुई गोल गर्दै युभेन्टसबाट गोलको खाता खोलेका थिए ।

फ्रोसिनोनेविरुद्धको खेलमा ८० औं मिनेटसम्म रहेको गोलरहित बराबरीलाई तोड्दै रोनाल्डोले ८१ औं मिनेटमा गोल गरी युभेन्टसलाई अग्रता दिलाएका थिए ।

९० मिनेटपछि ६ मिनेटको चथौं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गरेपछि युभेन्टस २–० को जित निकाल्न सफल भयो । युभेन्टसले सिरी ए लिगका ५ खेल खेल्दा सबैमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

रोनाल्डोले सिरी ए को तेस्रो खेलसम्म गोल गर्न सकेका थिएनन् । गत बुधबार युरोपियन च्याम्पियन लिग अन्तर्गत यस सिजनको पहिलो खेलमै स्पेनिस क्लब भ्यालेन्सिया विरुद्ध खेल्दा रातो कार्ड पाएका रोनाल्डो घरेलु लिगमा भने लयमै देखिएका छन् ।

Share on Social Media