/बीमाबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुदै

बीमाबारे अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुदै

Share on Social Media
विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडिसी (एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज) को २१ औ सम्मेलन असोज ९ र १० गते काठमाडौंमा हुने भएको छ।

सम्मेलनमा विकाससिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायका १५० भन्दा धेरैको सहभागिता रहने आयोजनले जनाएको छ। एआइआरडिसी, बीमा समिति र नेपाल बीमक संघले संयुक्त रुपमा यो सम्मेलनको आयोजना गर्न लागेका हुन्। सो सम्बन्धमा पत्रकार सम्मलेन गरेर जानकारी गराईएको छ।

Share on Social Media