/ठेकेदारलाई नै विकास समिति, यी हुन् समितिका तीन ठेकदार

ठेकेदारलाई नै विकास समिति, यी हुन् समितिका तीन ठेकदार

Share on Social Media
काठमाडौं –सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन् ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेका हुन् ।
 रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांसद हुन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।  

Share on Social Media