/तिमी बिहे गर ’ बिनु लुइँटेल

तिमी बिहे गर ’ बिनु लुइँटेल

Share on Social Media

मित्र प्रसाद पाण्डे ,७-असोज -२०७५,काठमाडौं

तिमी बिहे गर ’
बिनु लुइँटेल

तिम्रो लागी ठूलो घर ठूलो मान्छे
हेर्देछु भन्नु हुन्छ नि
बा
तर भन्दिनुस न एकपटक
तिम्रो लागी म राम्रो मान्छे
हेर्देछु भनेर ।

मलाइ थाहा त छ नी बा तपाई मलाई
सुखि देख्न चाहानु हुन्छ
यसैले ठूलो घर,ठूलो गाडी भएको ठाउँमा
मलाई दिने इच्छा होला हैन
तर
एक पटक हिसाब गर्दिनुस न
मलाई आफै ठूलो बनाउँन पढाउँदा लागेको खर्चको ।

जब म बिस्तारामा थला पर्दा मेरो
वास्तै नगरेर त्यो ठूलो गाडी लिएर बाहिर जाने हैन
बा
चप्पपल लगाएका खुट्टाले औषधि ल्याउँने खोजिदिनुस है ।

कसरी भनौ हजुरलाई बा ठूलो घरले हैन खुशि
ठूलो मनले दिन्छ भनेर
यसैले मेरो लागी ठूलो मन भएको मान्छे खोज्दिनुस न है ।

थोरै कमाउन त तपाइले मलाइ सक्ने
बनाउनु नै भएको छनी हैन र
यसैले तपाइ जस्तै धेरै माया गर्ने खोजिदिनुस न है ।

यसैले बा मलाइ ठूलो घर र ठूलो मान्छे हैन
तपाइले जस्तै भरोसा,साहास,माया र ख्याल
राख्ने मान्छे भेटेपछि भनिदिनुस है
‘ है तिमी बिहे गर’ ।

बिनु लुइँटेल

n

Share on Social Media