/मिस्टर ह्यान्डसमको ताज मिलनलाई

मिस्टर ह्यान्डसमको ताज मिलनलाई

Share on Social Media

युवाहरुको सौन्दर्य प्रतियोगिता मिस्टर ह्यान्डसम नेपालको पहिलो शृङ्खलाकाे बिजेता मिलन रेग्मी भएका छन्। स्टाण्डअप कमेडीमा रुचि राख्ने मिलन क्षिक्षण पेशामा पनि आबद्द छन्।

उनले उपाधी सहित बेस्ट ट्यालेन्टको टाईटल पनि प्राप्त गरे। त्यस्तै फस्ट रनरअपमा अमोद भट्टले बाजी मारे, बिशेष गरी गितारबाधनमा अब्बल उनले उपाधी बाहेक मस्ट ईन्टलिजेन्ट तथा मस्ट पपुलरको उपाधी पनि प्राप्त गरे।

यस्तै सेकेण्ड रनरअपमा बैभव उपाध्याय घोषाित भए। मोडलिङ्गमा रुचि राख्ने उनी बेस्ट फोटोजेनिकमा पनि छानिए। तेह्रथुमका केवल सुब्बा पब्लिक चईस तथा मस्ट स्मार्टका साथसाथै थर्ड रनरअप घोषित भए। बिजेताले टाईटल बाहेक विभिन्न गिफ्ट ह्याम्परहरु पनि प्राप्त गरे।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताका अन्य सबटाईटलमा बेस्ट पर्सनालिटी आश्विन राई, मस्ट एक्टिभ मनिष घिमिरे, मस्ट पंचल आदित्य पासवान, बेस्ट डिसिप्लिन सनिस अर्याल, मिस्टर फ़्राईण्ड्लि प्रेम तामाङ्ग र मस्ट डिलिजिण्ट सुजन राईले प्राप्त गरे।

प्रतिस्पर्धामा १२ प्रतियोगीहरु रहेका थिए। मोडल,आरजे,भिजे तथा कोरियोग्राफर कला सुब्बाले प्रक्षिक्षण दिएको यस प्रतियोगिता जमल स्थित रास्ट्रिय नाचघरमा सम्पन्न भएको थियो।

कार्यक्रमको निर्णायकमा नायिका मेलिना मानन्धर, गायक संगीतकार टिका भण्डारी, मोडल सुभ आचार्य, र मिस ब्युटी क्विन नेपाल बिजेता ज्योति प्रसाइ थिए।

Share on Social Media