/नाजी सलाम’ गर्ने समर्थकलाई लियोनले आजीवन खेल हेर्न प्रतिबन्ध लगाउने

नाजी सलाम’ गर्ने समर्थकलाई लियोनले आजीवन खेल हेर्न प्रतिबन्ध लगाउने

म्यानचेस्टर सिटी र लियोनबीच बुधबार राति च्याम्पियन्स लिगमा प्रतिस्पर्धा भइरहँदा लियोनका समर्थकले ‘नाजी सलाम’ गरेको पाइएको छ।

सामाजिक संजालमा यतिबेला भाइरल बनेको भिडियोको आधारमा लियोनका समर्थकले खेल चलिरहँदा नाजी सलाम गरेको पाइएको हो। नाजी सलाम गर्नेहरुकाे पहिचान भने खुलिसकेको छैन।

लियोन क्लबले नाजी सलाम गर्ने समर्थकको पहिचान गरी आजीवन खेल हेर्न प्रतिबन्ध लगाउने निर्णय गरेको बिहीबार जानकारी दिएको छ। लियोनले भनेको छ,‘समर्थक को हुन् भन्ने पत्ता लाग्नासाथ उनलाई कारबाही गर्नेछौं।’

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति म्यानचेस्टर सिटी र लियोनबीचको प्रतिस्पर्धामा सिटी लियोनसँग २–१ ले पराजित भएको थियो।

हिट्लर

हिट्लर

यसअघि पनि खेलकुदमा नाजी सलाम गर्ने खेलाडी तथा खेल समर्थकलाई खेल्न र हेर्न प्रतिबन्ध लागेका दर्जनौ घटनाहरु घटेका थिए। नाजी सलाम दोस्रो विश्वयुद्धका खलनायकका रुपमा चित्रण गरिएका जर्मन तानाशाहा एडोल्फ हिट्लरले प्रचलनमा ल्याएका थिए।

यसलाई आशान्ति, हिंसा तथा द्वन्द्वको प्रतीक मानिन्छ। विश्वयुद्धपछि यस नाजी सलामलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाइएको छ।