/च्याम्पियन्स लिगको डेब्यू खेलमा रोनाल्डोलाई रेड कार्ड

च्याम्पियन्स लिगको डेब्यू खेलमा रोनाल्डोलाई रेड कार्ड

एजेन्सी असोज ४


बुधबार राति यूभेन्ट्सबाट च्याम्पियन्स लिगको डेब्यू खेल खेलेका रोनाल्डोले रेड कार्ड पाएका छन्।

भ्यालेन्सियाविरुद्धको खेलमा २९औं मिनेटमा रोनाल्डोलाई सिधैँ रेडकार्ड दिइएको थियो।

यसै सिजनमा रोनाल्डो रियल म्याड्रिडबाट ९८ मिलियन पाउण्डमा यूभेन्टससँग आवद्ध भएका हुन्।

उनले रातो कार्ड पाएपछि दश खेलाडीमा सीमित भएको यूभेन्ट्सले भ्यालेन्सियामाथि २–० को जित हात पारेको थियो।

२९ औं मिनेटमा भ्यालेन्सियाका डिफेन्डर जोइसन मुरिल्लो भइमा लडेका बेला उनलाई कपाल तान्दै उठाएपछि रोनाल्डोलाई सिधैँ रातो कार्ड दिइएको थियो।

रेफ्रीले सहायक रेफ्रीसँगको सल्लाहमा रातोकार्ड दिएपनि रोनाल्डोले भने आफ्नो उदेश्य उनको कपाल तान्ने नभई उठाउनु मात्रै रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

यद्यपी यूभेन्ट्सलाई पेनाल्टी एरियाबाट मिरालेम पीजानिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफमा उनले पुनः गोल गर्दै यूभेन्ट्सलाई २–० को जित दिलाए।