/प्रचण्डले गरे चिनियाँ राष्ट्रपतिको तारिफै–तारिफ, के–के भने ? (सम्बोधनको पूर्णपाठसहित)

प्रचण्डले गरे चिनियाँ राष्ट्रपतिको तारिफै–तारिफ, के–के भने ? (सम्बोधनको पूर्णपाठसहित)

Share on Social Media

३ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको मुक्त कण्ठले पशंशा गरेका छन् ।

चीनको च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति सी र चिनियाँ नीतिको प्रसंशा गरेका हुन् ।

‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने चीनका महामहिम राष्टपति सी जिनपिंङले प्राय अन्तराष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा मलाई खुसी लाग्छ’ प्रचण्डले भने, ‘शान्ति,सुरक्षा र समृद्धिको बाटोमा सँगै हिड्न चीन तयार रहेको अभिव्यक्ति हो यो ।’

यस्तो छ, कार्यक्रममा प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठः

जलवायु परिवर्तन र गरिवीका चुनौतीलाई सम्बोधन नगरेसम्म दीगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहनेछ ।

आतंकवाद,क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्र रुपमा फैलिइरहेको छ । एक्लिएका शक्तिहरुले आफनो धरातल बनाइरहेका हुन्छन् ।

जनता र देशहरुलाई जोडन चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको म प्रशंसा गर्न चाहन्छु । सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिबृद्धि गर्ने ‘वेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरई) को कार्ययोजनाले अन्तराष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको छ ।

नेपाल बिश्वस्त छ कि ‘बिआरआइ’ ले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवत जावतको अप्ठयारा अवरोधलाई हटाउनेछ ।

यातायातमा सुधार र कनेक्टीभिटीले हामीलाई एकीकृत बजारका लागि सहयोग गर्नेछ र व्यापार तथा बाणिज्य विस्तार गर्न लाभ प्राप्त हुनेछ । ‘वेल्ट एण्ड रोड इनिसियटिभ’ को मातहतमा यातायातको पूर्वाधारको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, उर्जा संयन्त्र, सेवा र बाणिज्यको अप्ठ्यारो हटाएर चीनसँग जोडन मद्दत पुग्नेछ ।
हामी बिश्वास गर्छौँ कि, यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा बृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्नति, अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ ।

साथसाथै, मानवजातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र ‘विन–विन’सहयोग साझा समृद्धिको अवधारणा हो । असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउँनेछ ।

‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका महामहिम राष्टपति सी जिनपिंङले प्रायः अन्तराष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा मलाई खुसी लाग्छ । शान्ति,सुरक्षा र समृद्धिको बाटोमा सँगै हिड्न चीन तयार रहेको अभिव्यक्ति हो यो ।

सदभावको मुख्य तत्व शान्तिपूर्ण र स्थिर समाजका लागि साझा समृद्धि र समावेशी विकासमा अन्तरनिहित रहेको म बिश्वास गर्छु ।

यस सन्दर्भमा हामीले सामुहिक प्रतिबद्धता जनाएका छौँ । जलवायु परिवर्तनका सन्दर्भमा दीगो विकास लक्ष्यहरु र पेरिस सम्झौता उदाहरणका रुपमा रहेका छन्। हामीसँग संयुक्त राष्ट्रसंघ जस्ता संस्था स्थापित भएका छन् र वास्तविक शान्ति र सुरक्षाका लागि अन्य अन्तराष्ट्रिय र क्षेत्रीय संगठनहरुले हाम्रा साझा एजेण्डालाई सहजीकरण गरिरहेका छन् ।

बिश्व शान्ति र सुरक्षामा नेपालको निरन्तर प्रतिबद्धता खुसीसाथ व्यक्त गर्दछु । हाम्रा कार्य र नीतिहरु मार्फत् हाम्रा प्रतिबद्धताहरु प्रमाणित हुँदै आएका छन् । हामी संयुक्त राष्ट्रसंघ घोषणापत्रका सिद्धान्तहरुको वकालत गर्छौँ । हाम्रो संविधानमा बिश्व शान्तिका लागि हाम्रा प्रतिबद्धता प्रतिबिम्बित भएका छन् । वास्तविक भातृत्व हाम्रा पूराना मूल्य मान्यता हुन् ।

शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्वन्द्वको समाधान गर्ने विरलै उदाहरण हामीले हाम्रो नमुनायोग्य र घरेलु शान्ति प्रक्रिया मार्फत् प्रस्तुत गरेका छौँ ।

नेपाल पूर्ण रुपमा बुझ्दछ कि, हाम्रो सामूहिक र केन्द्रिकृत प्रयासहरु हाम्रो दीगो भबिश्य, सुरक्षा र बचाउका लागि हुनुपर्छ।

हामी सबैका लागि एउटै भविश्य बनाउन हामी सँगै मिहिनेत गर्छाैँ । यसलाई राम्रो बनाउने वा खराव बनाउने हाम्रै हातमा छ ।

म पूर्ण बिश्वस्त छु कि बिश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भबिश्य निर्माण गर्न मिलेर काम गर्न यो सहभागिताबाट एउटा ठोस निष्कर्ष आउनेछ ।

अन्तराष्ट्रिय शान्ति दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

Share on Social Media