Latest News
/राजपाले असोज ३ गते ‘ब्ल्याक आउट’ र प्रदर्शन गर्न नेतृत्व तोकेरै पठायो सर्कुलर

राजपाले असोज ३ गते ‘ब्ल्याक आउट’ र प्रदर्शन गर्न नेतृत्व तोकेरै पठायो सर्कुलर

Share on Social Media

सरकारले असोज ३ गतेको दिनलाई संविधान जारी भएको दिनको सम्झना स्वरूप दशेभर संविधान दिवस मनाउदै आएको छ । राजपा नेपालको चार दिनसम्म काठमाण्डौंमा बसेको शिर्ष नेताहरू सम्मिलिन अध्यक्ष मण्डलको बैठकले उक्त दिनलाइ कालो दिनको रुपमा मनाउने निर्णय गर्दै विरोध प्रदर्शन र विरोध सभा गर्ने समेत निर्णय गरेको हो ।

उक्त निणर्यलाइ यथाशक्य कार्यान्वयन गर्न प्रत्येक जिल्लामा सर्कुलर समेत पठाएको छ । मधेशका जिल्लालाई पठाएको सर्कुलरमा भनिएको छ “निर्वाचित जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वार्डस्तरका सबै प्रमुख र सदस्यहरुसँग अन्तरक्रियात्मक बैठक गर्ने र उनीहरुबाट नियमिति र मासिक लेवी बारे छिट्टै केन्द्रबाट निर्णय गर्ने ।राजपाले संविधान संशोधनको मागलाई लिएर यही असोज ३ गते बुधबार बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि प्रदेश नम्बर २ सरकारका सबै मन्त्रीहरूलाई नै संविधान दिवसमा हुने विरोध सभामा परिचालित समेत हुने भएका छन् ।

यसरी परिचालन हुने प्रदेश मन्त्रीहरूमा भौतिक पूर्वाधारमन्त्री- जितेन्द्र सोनाललाई – सप्तरी, उद्योग, पर्यटन, वन तथा वातावारणमन्त्री:- रामनरेश रायलाई –  सिरहा, सामाजिक विकासमन्त्री:- नवलकिशोर शाहलाई – धनुषा जिल्ला तोकेको छ । राज्यमन्त्री:- डिम्पल झालाई – महोत्तरी, राज्यमन्त्री:- सुरेश मण्डललाई- रौतहट, राज्यमन्त्री:- अभिराम शर्मालाई – सर्लाही जिल्ला जान भनिएको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई- बारा र पर्सा जिल्लामा तोकिएको छ भने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई बाँके र बर्दिया जिल्लामा पठाइने भएको छ । अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवलाई – नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा तोकिएको छ ।

अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीलाई- झापा जिल्ला तोकिएको छ भने अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवलाई- मोरंग र सुनसरी जिल्ला तोकिएको छ । अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झालाई- कन्चनपुर र कैलाली जिल्लामा कार्यक्रमको प्रमुख बक्ताको रूपमा बिरोध कार्यक्रमको नेतृत्व तोकेको छ । उक्त जिम्मेबारी पाएका नेताहरूलाइ असोज ३ गते साँझ सात वजेदेखि सात १७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने, पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टीको बैठक राख्न सर्कुलर समेत पठाएको छ ।

राजपा नेपालको बैठकले जिल्लालाई पठाएको सर्कुलरमा भनिएको छ “निर्वाचित जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वार्डस्तरका सबै प्रमुख र सदस्यहरुसँग अन्तरक्रियात्मक बैठक गर्ने र उनीहरुबाट नियमिति र मासिक लेवी बारे छिट्टै केन्द्रबाट निर्णय गर्ने ।

Share on Social Media

Leave a reply

Your email address will not be published. Required fields are marked *