/यूइएफए र फिफाबाट असन्तुष्ट ग्रिजम्यान बालुन डि’ओर अवार्ड चाहान्छन्

यूइएफए र फिफाबाट असन्तुष्ट ग्रिजम्यान बालुन डि’ओर अवार्ड चाहान्छन्

Share on Social Media

फ्रान्सेली विश्वकप विजेता एन्टोनी ग्रिजम्यान युरोपियन फुटबल संघ यूइएफए र विश्व फुटबलको प्रशासकीय निकाय फिफासँग असन्तुष्ट बनेका छन्।

लिग तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शनगर्दै उपाधि जित्न सफल बनेपनि यूइएफए वर्ष उत्कृष्ट खेलाडी तथा फिफा वर्ष उत्कृष्ट खेलाडीको अन्तिम तीनमा समेत पर्न नसकेकोमा ग्रिजम्यान यूइएफए र फिफासँग असन्तुष्ट भएका हुन्।

ग्रिजम्यानले गत सिजन युरोपा लिग जित्दा, जुलाईमा सम्पन्न विश्वकपको उपाधि हात पारे। त्यस्तै गत महिना ग्रिजम्यानले यूइएफए सुपर कप उपाधि समेत जिते।

ग्रिजम्यानले आफूले तीन उपाधि हातपार्दा पार्दैपनि महत्वपूर्ण अवार्डहरु आफूले नपाउनु अचम्मको विषय भएको बताए। ग्रिजम्यानले अब प्रदान हुने बालुन डि’ओरमा आफ्नो नाम पर्ने विश्वास व्यक्त गरेका छन्।

ग्रिजम्यानले भनेका छन्, ‘सन् २०१६ मा जब मैले दुई फाइनल हारे तब म बालुन डि’ओर को तेस्रो उपाधि दाबेदार भएको थिए। यस पटक म सँग तीन महत्वपूर्ण उपाधि छ।’

ग्रिजम्यानले फिफाको आलोचनागर्दै भनेका छन्, ‘विश्वकप फुटबल फिफाले प्रदानगर्छ। तर विश्वकप जित्दा समेत विश्वकप विजेता कोहि अन्तिम तीनमा परेको छैन। यो हास्यास्पद हो।’

Share on Social Media