Latest News
/साफ च्याम्पियनसिप फुटबलः भुटानलाई ४-० ले हराउँदै नेपाल विजयी

साफ च्याम्पियनसिप फुटबलः भुटानलाई ४-० ले हराउँदै नेपाल विजयी

Share on Social Media

बङ्गबन्धु रङ्गशालामा भुटानविरुद्धको भएको खेलमा नेपाल ४-० गोल अन्तरले बिजयी भएको हो ।

खेलको १२ औं मिनेटमा अनन्त तामाङकोे ले गोलबाट अग्रता लिएको थियो । त्यस्तै दोस्रो गोल भुटानी खेलाडीले गरेको फउलमा पाएको पेनाल्टी विमल घर्तीमगरले सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोल गरेका हुन् ।

त्यस्तै खेलको ७९ औं मिनेटमा भरत खवासले एकल प्रयासमा तेस्रो गोल गरे भने अतिरिक्त खेलाडीका रुपमा मैदान भित्रिएका निराजन खड्काले सुन्दर हेड गोल गरी नेपालको विजय सुनिश्चित गरे ।

यसअघि आफ्नो पहिलो खेल गुमाइसकेका नेपाललाई अर्को चरणमा पुग्न भुटानलाई खेल जित्नैपर्ने दवाव थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेल शनिवार बंगलादेशसँग खेल्नेछ।

Share on Social Media

Leave a reply

Your email address will not be published. Required fields are marked *