हरेक सिनेमामा नयाँ नायिकासँग काम गर्ने अनमोल केसीले अभिनय गर्ने नयाँ सिनेमा ‘ब्याचलर बन्टी’को लागि नयाँ नायिका पक्का भएकी छन्।

मिलन चाम्सको निर्देशन रहने सिनेमा ब्याचलर बन्टीमा बानेश्वर निवासी उकुसा गिरी अनुबन्धित भएकी हुन्।

उकुसाले मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेतासमेत रहेकी उकुसाले थुप्रै र्याम्प शो, पेपर एड लगायतका थुप्रै ब्राण्डका विज्ञापनमा काम गरिसकेकी छन्।

दशैँ लगत्तै छायांकन सुरु हुने सिनेमाको सम्पुर्ण छायांकन युरोपका विभिन्न देशमा गरिने जानकारी सिनेमाका निर्देशक मिलन चाम्सले दिएका छन्। सिनेमालाई यसै वर्षको फागुन १७ गते रिलिज गर्ने निर्माणपक्षको तयारी छ।

तस्वीरमा यस्ती छिन् अनमोल केसी की नयाँ हिरोइनः