/नेपालको एशिया कप खेल्ने सपना अधुरै, हङकङसँग तीन विकेटले पराजित

नेपालको एशिया कप खेल्ने सपना अधुरै, हङकङसँग तीन विकेटले पराजित

Share on Social Media
कमजोर प्रदर्शनसँगै नेपालको एशिया कप खेल्ने सपना अधुरो बनेको छ।

 मंगलबार मलेसियाको क्वालालम्पुर यूकेएम ओभलमा सम्पन्न एशिया कप छनौट खेलमा हङकङसँग जित्नैपर्ने दबाबकाबीच ३ विकेटले पराजित भएपछि नेपालको एशिया कप सपना अधुरो बनेको हो।

टस जितेर पहिले ब्यटिङ गरेको नेपालका लागि हङकङको बलिङ भारि परेको थियो। नेपालको ब्याटिङले उल्लेखनीय रन जोड्न सकेन। नेपालले पूरा ओभर नखेली ३७.५ ओभरमा अलआउट हुँदा मात्र ९५ रन बनाउन सक्यो। जवाफी व्याटिङमा उत्रेको हङकङले नेपाले प्रस्तुत गरेको झिनो लक्ष्यलाई ३२.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको हो।

हङकङको जितमा कप्तान अनुस्मान राथले सर्वाधिक ५२ रन बनाए भने किनचित शाहले ११, क्रिस्टोफर कार्टरले ८, बाबर हायातले २ तथा इसान खानले २ रन बनाएका थिए। यी पाँचै खेलाडीलाई नेपालका युवा बलर सन्दीप लामिछानेले आउट बनाएका थिए। यस्तै हङकङका अन्य ब्याट्सम्यान निजाकत खानले २, अजिज खान शून्य, स्कट मकनीले ४ तथा तानविर अफजलले नटआउट ५ रनको योगदान दिएका थिए।

उत्कृष्ट बलिङ कमजोर ब्याटिङ
आजको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेपनि ब्याटिङ चल्न नसक्दा नेपाल हार व्यहोर्न पुगेको हो। ९६ रनको झिनो लक्ष्य दिएर बलिङमा उत्रेको नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिन सफल भए। यसैगरी बसन्त रेग्मी र सागर पुन समान एक–एक विकेट लिन सफल भए। बलिङ निकै उत्कृष्ट तथा ब्याटिङ साह्रै नै कमजोर हुनु नेपालको हारको कारक बन्यो।

यसअघि खेलमा पहिले व्याटिङ गरेको नेपालका ओपनर ब्याट्सम्यान सुवास खकुरेल पहिलो बलमै बोल्ट भएपछि उनले एक रन पनि जोड्न सकेनन। उनी तानविर अफजलको शिकार बनेका थिए। त्यसपछि क्रमश अन्य व्याट्सम्यानहरु हङकङ सामु निरिह बने। आश गरिएका व्याट्सम्यानले समेत राम्रो स्कोर गर्न सकेनन्।

त्यसपछि क्रमश अनिल शाह ब्याटिङमा आएका थिए। उनी १५ रनमा क्याच आउट भए। कप्तान पारस खड्काले राम्रो खेल्ने विश्वास गरिए पनि उनीपनि मात्र १४ रनमै क्याच आउट भए। त्यसपछि ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शून्य, बसन्त रेग्मी नटआउट १५, सन्दीप लामिछाने २, ललित राजबंशी शून्य रनमा आउट भएका थिए। नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन बनाएका थिए।

नेपाललाई सस्तैमा समेट्न इशन खानले सर्वाधिक ४ विकेट हातपारे, त्यसपछि तानविर अफजल र एइजाज खानले नेपालको समान २/२ विकेट लिदा, इसान नवाज र नदिन अहेमेदले एक/एक विकेट लिए।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।