‘लौ है माया सुटुक्कै आउनु है’, ‘जुनी जुनीलाई’, ‘फूलमा वागमा’ लगायतका दर्जनौँ हिट गीत दिएकी भारतीय गायिका सञ्जिवनीको आवाजमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ।

‘मेरो माया’ बोलको उक्त गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको हो। नेपाली सांगीतिक कार्यक्रममा नेपाल आइरहने सञ्जिवनीले नेपाली गीत संगीतमा पनि राम्रै उपस्थिति जनाएकी छन्।

सञ्जिवनीको स्वरमा सजिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय रहेको छ। सबी अधिकारीको रचना रहेको गीतमा सूर्य काश्यबको संगीत रहेको छ। प्रेम लामाको टीमले खिचेको भिडियोको निर्देशन सुवास प्रधानले गरेका छन्।

भिडियोमा रंग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन्। साहस शाक्यले एरेन्ज गरेको गीतको म्युजिक भिडियोको मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन्।

हेरौँ भिडियोः