/ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा पदाधिकारीहरु नियुक्त

ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा पदाधिकारीहरु नियुक्त

Share on Social Media

काठमाडौँ भदौ १८ ज्योति बिकास बैंक  लि. का उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त हुनुभएको छ । मिति २०७५।०५।१८ गतेका दिन बैकको नायब महाप्रबन्धकमा शुशिल कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त हुनुभएको छ । शुशिल कुमार शर्माको २३ बर्ष नेपाल एस. बि. आइ. बैक लि. र ५ बर्ष नेबिल बैंकमा काम गरेको अनुभब रहेको छ ।

उहाँ यस अघि एस. बि. आइ. बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धक देखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभब रहेको छ । त्यसैगरी रामहरि आचार्य सँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ । ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उच्च ब्यबस्थापनमा स्थापित बाणिज्य बैकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहनुभएका ब्यक्तिहरुको नियुक्तिले ज्योति बिकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने बिश्वास गरिएको छ ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा ATM मार्पत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्व भन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व भन्दा बढि ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ भने हाम्रो विकास बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्घान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाडी बढाइरहेको छ ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।