/अनमोलको दौडधूप चलिरहेका बेला झरनालाई शुभ मुहूर्तको किन यति हतारो?

अनमोलको दौडधूप चलिरहेका बेला झरनालाई शुभ मुहूर्तको किन यति हतारो?

Share on Social Media

दायाँबाट क्रमशः नायक अनमोल केसी, निर्देशक झरना थापा, नव नायिका सुहाना थापा र निर्माता सुनिलकुमार थापा।

दायाँबाट क्रमशः नायक अनमोल केसी, निर्देशक झरना थापा, नव नायिका सुहाना थापा र निर्माता सुनिलकुमार थापा।

नायिका झरना थापा गत वर्ष रिलिज भएको सिनेमा ‘ए मेरो हजुर २’ बाट निर्देशक बनिन्।

आफ्ना श्रीमान् सुनिलकुमार थापा निर्माता रहेका होम प्रोडक्सनमा बनेको सिनेमाको निर्देशन उनका लागि फलिफाप पनि भयो।

पहिलो निर्देशन सफल भएपछि हौसिएकी नायिका झरना थापाले दोस्रोपटक निर्देशन गर्दैछिन्– ए मेरो हजुर ३। जसमा उनले महँगो पारिश्रमिक बुझाउँदै अभिनेता भुवन केसीका छोरा अनमोल केसीलाई अनुबन्धित गरेकी छन् भने नायिकामा आफ्नै छोरी सुहानालाई।

हुन त आफ्नी छोरी सुहानालाई सिनेमाप्रति खासै रुचि नभएको कुरा आमा झरना र बुवा सुनिलकुमार थापा स्वयमले बताउँदै आएका हुन्। तर, परिवार नै सिनेमासँग जोडिएपछि सुहाना पनि यसबाट अछूतो हुने कुरै भएन।

आफ्नै बुवाआमाले बनाउन लागेको सिनेमामा नायिका बन्ने भएपछि सुहाना आफ्नो विदेशको पढाइलाई समेत थाँती राखेर यतिबेला नेपालमा छिन्। ए मेरो हजुर ३ मा नायक भुवनका छोरा अनमोल केसी र झरनाकी छोरी सुहानाको जोडी बाँधिने भएपछि यतिबेला सिनेमा वृत्तमा तरंग पैदा भएको छ।

नायिका झरना थापा गत वर्ष रिलिज भएको सिनेमा ‘ए मेरो हजुर २’ बाट निर्देशक बनिन्।

‘ए मेरो हजुर ३’ मा नायक बन्ने पक्कापक्की भए पनि अनमोल यतिबेला ‘अनमोल इभ’ मा व्यस्त छन्। यस क्रममा बुटवलमा ‘अनमोल इभ’ सकाएर अनमोल पोखरा पुगेका थिए।

यही मौका छोपेर नायिका एवं निर्देशक झरना थापा छोरी सुहानालाई लिएर अकस्मात् पोखरा पुगिन् र ‘ए मेरो हजुर ३’ शुभ मुहूर्त गराइन्। सिनेमाको निर्माण समूहसहित पोखरामा पूजा गर्दै ‘ए मेरो हजुर ३’ को शुभ मुहूर्त गरिएको थियो। शुभ मुहूर्तमा नायक अनमोल, नायिका सुहाना, निर्देशक झरना तथा निर्माता सुनिलकुमार थापाको उपस्थिति थियो।

अनमोल केसीको अनमोल इभ सकिन अझै केही दिन बाँकी रहेकाले ए मेरो हजुर ३ अर्को हप्तादेखि मात्रै छायांकनमा जानेछ।

तर, ‘अनमोल इभ’ तथा अनमोल अभिनित सिनेमा ‘क्याप्टेन’ को प्रचारप्रसारका लागि अनमोल केसीको दौडधूप चलिरहेकै बेला ए मेरो हजुर ३ को निर्माण टोली पोखरा पुगेको हो।

आखिर नायिका तथा निर्देशक झरना थापालाई सिनेमाको शुभ मुहूर्त गर्न किन यति हतारो भएको होला?

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।