/प्रताप दासको नयाँ गीत ‘मैले भूल गरेँ’ सार्वजनिक (भिडियो)

प्रताप दासको नयाँ गीत ‘मैले भूल गरेँ’ सार्वजनिक (भिडियो)

नेपाल आइडलबाट गायन क्षेत्रमा प्रवेश गरेका गायक प्रताप दासको नयाँ गीत ‘मैले भूल गरेँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

कसैलाई आफ्नो ठान्दा ठन्दै पनि ऊ आफ्नो नभएपछि आफ्नो ठान्नु, सपना सपना साजउनु भूल भएको धारणा व्यक्त गरिएको गीतमा समीर वानेम लिम्बूको शब्द र संगीत रहेको छ। गीतलाई धनु धनु ग्याङ्मी ले एरेन्ज गरेका छन्।

गीतको फिचरिङमा मायालु जोडीको रुपमा चर्चित मोडल तथा भिजे सोनिका रोकाया र जीवन राई रहेका छन्।

मुकेश हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन्।

हेर्नुहोस भिडियोः

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।