/सन्तोष पन्तदेखि रवीन्द्र झासम्मकी पियारी बर्षा (भिडियो)

सन्तोष पन्तदेखि रवीन्द्र झासम्मकी पियारी बर्षा (भिडियो)

Share on Social Media

‘चौकादाउ’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘चौकादाउ’को पहिलो गीत ‘राधा पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाको रहेको छ। गीतमा शम्भुजित र कोमल राजभण्डारीको स्वर रहेको छ।

गीतको म्युजिक भिडियोमा पुराना कलाकार सन्तोष पन्तदेखि, हस्यकलाकार विल्सन विक्रम राई र नयाँ नायक रवीन्द्र झासम्म फिचरिङमा रहेका छन्। उनीहरु सबैका राधा पियारी बनेकी छन्, बर्षा राउत। राम्री युवतीका देखेपछि युवादेखि बुढासम्म सबैले मरिहत्य गर्ने पुुरुषको चरित्रलाई देखाइएको छ।

फिल्मको निर्देशन पुर्नेन्दु झाले गरेका छन् भने सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन्। त्यस्तै फिल्ममा दीर्घ गुरुङको छायांकन र मित्र गुरुङको सम्पादन रहेको छ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।