/संस्कृति जोगाउन नौमति र पञ्चे बाजा –बुध्दिराम ठटाल

संस्कृति जोगाउन नौमति र पञ्चे बाजा –बुध्दिराम ठटाल

Share on Social Media

“ मेरो इतिहास “ 

म मेरो स“सार सिंगार्न

अमल तुनो लगाएर सियो समाउदै थि“एरे

म मेरो संस्कृति जोगाउन नौमति र पञ्चे बाजा

बजाएर रमाउदै थि“एरे

हो त्यति नै बेला खै कसले कुन्नि

मेरो सुन्दर स“सार हडप्यो रे

चुट्न सम्म चुटेर मलाई पनि

त्यहीबाट लखट्यो रे ।

म बोल्दा मेरो जिब्रो झिकिन्थ्यो रे

मैले लेख्दा मेरा औंला काटिन्थ्यो रे

आ“खामा पट्टी बा“धी थुनेरै राखिन्थ्यो रे

विना कारण हात खुट्टा भा“चिन्थ्यो रे

हो त्यति नै वेला,

मेरो उत्पतिको कथा लुटियो रे

विचित्र वेगमा आएर हुरी जस्तो

मेरो पुख्र्यौली इतिहास कुटियो रे ।

प्राचिन थियो रे मेरो भाषा स“स्कृति र लिपि

त्यही समय बस्नु पथ्र्यो रे म आफै लुकी छिपी

तैपनि म पसिना बगाँउदै थिँएरे

खै कसले हो मलाई उत्पिडनको लगाम लगाँउदै थियो रे

मैले पनि अस्तित्वको लंडाई भनि रगत बगाँउदै थिँएरे

हे त्यति नै वेला,

अपमान र तिरस्कारले तर्साउदेँ थिए रे ।

खै आफु त विहोसी हो या होसी

ती सवै पिडा खप्न नसकी

बेदनाका बर्रबर्र आँसु बगाउदै थिँएरे

हो त्यसैले त त्यही इतिहास खोज्दैछु म आज

मेरो आँसु पसिना अनि रगतको इतिहास

मेरै धर्तीको कुनै पानामा लेख्दैछु म आज

हो त्यसैले त त्यही इतिहास खोज्दैछु म आज ।

                                               -बुध्दिराम ठटाल

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।