/नेपालको पर्यटनमा भारतीय मन्त्रीको साथ, लखनउबाटै गरे यस्तो घोषणा

नेपालको पर्यटनमा भारतीय मन्त्रीको साथ, लखनउबाटै गरे यस्तो घोषणा

Share on Social Media

लखनउ, ३१ असार – उत्तर प्रदेशका मन्त्री, पूर्वमन्त्री र पर्यटन व्यवासायीले प्रकृतिक सुन्दरता हेर्न नेपालको पोखरा जान उत्तर प्रदेशका बासिन्दालाई आग्रह गरेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतमा जारी ‘चलिए पोखरा’ कार्यक्रम अन्तर्गत शनिबार लखनउमा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

भारत उत्तर प्रदेश सरकारका पर्यटनमन्त्री रिता बहुगुणा जोशीले नेपाल र भारत मिलेर दुवै देशको पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताइन् । नेपाल भारत भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सबै दृष्टिले महत्वपूर्ण रहेको बताइन् ।

उनले नेपाल र भारतमा रहेका पर्यटकीय स्थल अन्य देशमा नरहेको धारणा राखिन् उनले भनिन्, ‘ पर्यटनमा नेपाल र भारत मिलेर अगाडि बढे सबै पछाडि पर्छन्,’ मन्त्री जोशीले १० लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगाए ९० जनाले रोजगार पाउने धारणा राखिन् । रामायण, महाभारत, बुद्ध सर्किटलाई जोडेर दुबै देशमा पर्यटन प्रवद्र्धन अझै गर्न सकिने उनको प्रष्टोक्ति थियो ।

मन्त्री बहुगुणाले पूर्वाधार युक्त बनाउन सके उत्तर प्रदेशबाट हजारौँ होइन करोडौँ पर्यटक पोखरा र नेपालका अन्य स्थल जाने बताईन् । भारतीयको पहिलो विदेश भ्रमण नेपालबाट नै सुरु हुने गरेको उनको भनाई छ ।

उत्तर प्रदेशका परिबहन मन्त्री स्वतन्त्र देव सिंहले नेपाल र भारतका बीचमा परिवहन सेवाले जेडेको बताए । उनले अयोध्या जनकपुर बस सेवा, दिल्ली काठमाडौं सेवा र बनारस काठमाण्डुबीच बससेवा रहेको उल्लेख गरे । उनले आवश्यक परे पोखराका लागि थप वस सेवा दिन आफू तयार रहेको धारणा राखे ।

पूर्वमन्त्री सन्दिप वंसलले नेपाल र उत्तर प्रदेशको पर्यटन प्रवद्र्धन एक साथ गर्दा दबै देशका लागि फाइदा पुग्ने बताए। उनले पर्यटनको समस्या दुबै पक्ष बसेर सहज पार्नुपर्ने उल्लेख गरे । आफू ३ पटक पोखरा गएको जानकारी दिँदै उनले वास्तविक सौन्दर्य देख्नु छ भने पोखरा जान उत्तर प्रदेशवासीलाई आग्रह गरे ।

भाजपा उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले पछिल्लो हप्ता पोखरा घुमेर आएको जानकारी दिदै उत्तर प्रदेशवासीलाई पोखरा गएर सुन्दरता हेर्न आग्रह गरे । ‘म उत्तर प्रदेशका सबै जनतालाई आग्रह गर्न चाहन्छु, सुन्दरता हेर्नुछ भने नेपालको पोखरा जानुहोस् ।’

अल इण्डिया ट्राभल एण्ड ट्रन्सपोर्ट एसोसिएसनका अध्यक्ष इन्द्रजित सिंहले भारतमा कुल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेको बताए । उनले नेपालले पनि पर्यटन क्षेत्रको विकास विस्तरै गर्दै गएको उनको भनाई छ ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।