/स्वतन्त्रताविरोधी सरकारी निर्णयविरुद्ध धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ

स्वतन्त्रताविरोधी सरकारी निर्णयविरुद्ध धर्नामा बसेका मानवअधिकारकर्मी पक्राउ

krishn-takrau

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

शान्ति समाजका संस्थापक कृष्ण पहाडीको नेतृत्वमा मंगलवार दिउँसो १ बजे सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको तयारी गर्दैगर्दा उनीहरूलाई गिरफ्तार गरिएको हो ।

पक्राउ पर्नेमा पहाडीसहित सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित २५ जना रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।

धर्नामा मानवअधिकारकर्मीले स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन थिए ।

सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी निर्णय गरेको, न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको तथा हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बनेके शान्ति समाजले आरोप लगाएको छ ।

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।