/प्रजातन्त्रको ठेकेदार ठान्ने अमेरिकाले महिलालाई खेलौना ठान्छ

प्रजातन्त्रको ठेकेदार ठान्ने अमेरिकाले महिलालाई खेलौना ठान्छ

Share on Social Media

 

]प्रजातन्त्रको ठेकेदार ठान्ने अमेरिकाले महिलालाई खेलौना ठान्छ । महिला अब चुप लागेर बस्नु हुदैनु । विहानै देखि काममा जोतिने को ? घरको काम सकेर पहिला बारिको काममा जाने को ? महिला नै होइन ? त्यसैले अब घर भित्रको कामको पनि मल्यांकन गरिनु पर्छ र महिलालाई आर्थिक सम्वृद्धिबाट अघि बढाउनु पर्छ ।

आफुलाई होटल व्यावसायी भन्दा पनि समाजसेवी भन्न रुचाउने र समाज सेवामा नै सक्रिय अर्थात समाजसेवामा नाम कमाएकी उनि एउटा सफल व्यक्तित्व । व्यापार–व्यवसायबाट संसारका थुप्रै कुनामा पुगेर अनुभव बटुलेकी, ८५ वर्षीय उमेरमा पनि सक्रिय समाजसेवामा होमिएकी छन् । मेहनतकी धनि उनीसंग सवै देशको अनुभव छ । ट्राभल एजेन्सीको काममा व्यस्त उनि नर्वे, इटली, फ्रान्स, स्वीजरल्याण्ड, डेन्मार्क, जापानमा बढी काम गरेकी छन । दिल्लीमा लिगल अफिस नै खोलेर सेवा दिइन । स्पेनिस काउसेलर भएर पनि काम गरेकी उनी । हाल नेपाली महिलालाई आर्थिक समृद्धिबाटोमा कसरी लैजान सकिन्छ भनेर लागिपरेकी उनै अम्वीका श्रेष्ठसंग (हाेटल द्वारिकाजमा) उनको व्यावसायिक सफलता र त्यससँगै सामाजिक विविध पाटोमा केन्द्रित रहेर अग्नीज्वाला डट कम र मासिक पत्रिकाका मा कुराकानीको सम्पादित अंश प्रस्तुत छ : सम्पादक

आराम हुनुहुन्छ ?
आरामै छु ।

व्यावसाय कस्तो चलिरहेको छ ?
व्यस्त छु । राम्रै चलिरहेको छ ।

होटल द्धारिकाजका वारेमा जान्न चाहें, यसका वारेमा भन्नु पर्दा ?
होटल नै बनाउछु भनेर बनाएको होईन । होटलकै लागि भनेर पुजी लगाएरको पनि होइन । एउटा कारणले बनाएको हो । यसको ध्यय भनेको पुरातत्वको संरक्षण गर्नु हो । पुरानो पुरानो चिजहरुलाई द्धारिका दास श्रेष्ठ जी ले संकलन गरेर राख्नु भयो । पूर्खाले बनाएको चिजहरुलाई जुन काठमा कला सजाएका थिए त्यो कलालाई अरुले दाउराको रुपमा वालिरहेका थिए । त्यो पुरानो पुरानो आर्ट अर्थात कला जलाईरहेको देखेर उनको मन राह्रै पोलेको थियो । यसो गर्नु हुदैन यसलाई बचाएर राख्नु पर्छ भन्दै संकलन गर्नु भयो ।

यो ठाँउमा पहिले के थियो ?
यहाँ पहिला गाई गोठ थियो । पुराना अति सुन्दर कलामा सजिएका थामहरु थिए । यत्र तत्र, ती थामहरु चिरेर दाउरा वालिरहेका हुन्थ्ये । त्यो देखेर साह्रै चित्त दुख्थ्यो । यसको संरक्षण गर्नु पर्छ भनेर श्रीमानले सवैलाई सम्झाउनु भयो । पुराना कुरा बचाएर राख्नु पर्छ भनेर उनले थालनी नै गरिहाल्नु भयो । एक एक गरेर जम्मा गर्न थाल्नु भयो । के गरेको होला भनेर हामीलाई पनि लाग्थ्यो । तर सम्झाउनु भयो । अनि वुट्टाकर्मीलाई बोलाएर पुरानै शैलीमा बुट्टा कोर्न लगाउनु भयो । सरकारी जागिरे हुनुहुन्थ्यो । समय पाएपछि फेरी गाईगोठ लाई व्यवस्थित बनाउन लागिहाल्ने । एक दिन यो के गरेको होला भनेर श्रीमानलाई सवैले भन्ने गरेका थिए । जागिर गर्ने मान्छे किन गाई गोठ तिर लाग्या होला यो त पागल नै भयो कि क्याहो ? भन्दै सवैले श्रीमान लाई भन्दा मन कटक्क हुन्थ्यो । तर उनलाई त्यो भनाई प्रति कुनै गुनजायस नै राख्नु हुदैन थ्यो आप्mनै काममा ध्यान दिने गर्नु भयो । त्यहि समयमा एक जना कोठा खोजदै आउनु भयो । दुवै जना काम गरिरहेका थियौ । मलाई यहाँ एउटा कोठा बनाईदेउ पढ्नु छ भन्यो । उसको आग्रहमा गाईगोठको माथि पुराना काठ जोडेर एउटा कोठा निकाल्यौ । त्यो कोठा उसलाई मन पर्यो । कोठामा वस्नेलाई खुवमन परेकाले उसले यहाँ एउटा घर बनाउ र भाडामा देउ भन्यो । तिमीहरुलाई पनि फाईदा हुन्छ भन्यो । हामी पनि संयुक्त परिवारवाट छुटिएको भएकाले समस्या हल गर्न पनि सजिलो हुने भएकाले हामीले यहि ठाँउमा तीन कोठाको घर बनायौं । त्यस पछि संघर्षको उपचका रुपमा अहिले होटल द्धारिकाज उभिन सफल भयो ।

तपाईको वाल्यकाल कसरी वित्यो ?
बाल्याकाल भन्नु पर्दा ६ वर्षको अवस्थामा वुवा मुवाले दार्जिलिङ्ग लगेर जानु भयो । त्यहाँको नाम चलेको लोरेटो स्कुलमा भर्ना गरिदिनु भयो । साथीहरुसंग खेल्यो, त्यहि बाट मेरो अध्यन शुरु भयो । म खुव पढ्थ्ये । मेरो साथी र म संगै वस्थ्यौं । उनी वर्दमान राजाको छोरी थिइन । हामी दुई खुव मिल्ने साथी थियौं ।

नेपाली समाजमा छोरीलाई अहिले पनि पढाउन आनाकानी भएरहेको वेला त्यतिखेर गाह्रो थिएन र ?
हो निकै गाह्रो थियो उवेला । वुवा मुमा भन्दा पनि मेरो हजुरमुवाको बलमा मैले पढ्न पाएको हुँ । मेरो नातीनीलाई जसरी पनि पढाउनु पर्छ भनेर उहाँले जिद्धि लिएपछि पढाइमा हाल्नु भयो । उनको खुसी नै मेरो पढाई भयो । मैले अध्यन गर्दै गए जव बुझ्ने भए त्यहाँ त व्रिटिस सरकार चलेको रहेछ । निकै दुःखसाथ पढियो । लोग्ने मानिसलाई त पढ्न गाह्रो भएको वेला छोरीलाई पढाउन त अति कठिन थियो नि ।

अध्यन पुरा गरेर के गर्नु भयो ?
समाजसेवा रोजें । संगसंगै व्यवसाय अँगाले । नेपाली महिलाई कसरी आर्थिक रुपान्त्रणमा अघि बढाउन सकिन्छ भन्ने कुराका वारेमा खोतल्दै छु ।

नेपाली महिला साँच्चै अगाडि आँउन के गर्नु पर्छ जस्तो लाग्छ ?
महिलाले मेहनत गर्नु प¥यो । ज्ञान हासिल गर्नु प¥यो । महिलाले काम गरेको छ तर मुल्याङ्कन भएको छैन । महिलाले परनिर्भर भएर भन्दा पनि समाजमा केहि गरेर देखाउछु भन्ने हिक्मत राख्नु पर्छ । संघर्ष गर्न देखि डराउनु भएन । समाजमा अव हेपीएर होइन संघर्षको खाँचो छ । संघषले आज महिला सभाषद, साँसद, सभामुख, न्यायाधिश र राष्ट्रपति समेत भएका छन । त्यो के हो ? संघर्ष कै उपज होइनर ? म महिला हुँ भनेर होइन यो समाजको अंगहु भनेर काम गर्नु पर्छ ।

तर पनि महिला माथिको हिँसा अझै रोकिएको छैन नि ?
महिला अब धेरै अगाडि बढीसकेका छन । अव कसैले दवाएर राख्छु भनेर हुदैन । यदि हिंसा भईहाले पनि कानुनी कठघरामा उभ्याउने भैसकेका छन । म त गाँउ गाँउमा काम गरेको महिला हु । धेरै अनुभव छन् । गाँउमा महिलालाई संगठित गरेर माइक्रो क्रेडिटको काम पनि गरेको छु । त्यहिमार्फत महिलालाई आयआर्जनका काम पनि गर्न सफल बनाएको छु । त्यहि समयमा काम गर्ने एक महिलाई श्रीमानले खुव पिट्यो सवै महिला गएर उसलाई सम्झाउदा पछि जीवनमा श्रीमतिलाई कहिल्यै पिटेन । झगडाबाट काम चल्दैन मन जित्न सक्नु पर्छ । कानुन केहो ग्रामिण भेगका महिलालाई अझै थाहा छैन । महिलामा जागरण ल्याउन प¥यो । कहि कतै भएका हिंसात्मक घटनाका दोषीलाई कार्वाही पनि त भएका छन नी होइन र ।

महिला हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?
मिडियाले सहि र सशक्त सन्देस दिनु पर्छ । सहि म्यासेजले जागरण ल्याँँउछ । मिडियाको म्यासेजले गाँउमा महिलाले गर्न नहुने काम भनेर छुट्याएको महिलाले नै हलो जोतेर जीविका चलाएको हामीले देखेकै छौं । त्यो पनि सन्देशकै कारण हो । नेपालमा महिलाई दुःख छ तर अमेरिका जस्तो छैन । मिडियाको हात ठूलो छ । अब सूचना कसैले रोकेर रोकिँदैन । सूचना पाएर नै नेपाली महिला यसरी अगाडि आएको हो । म एउटा उदाहरण दिन्छु । इलामको मंगलवारेमा महिला समुहले क्लिनिक खोलेर वसेको छ । हस्पीटल खोल्ने भन्दै छ । हामीले १ महिना त्यहाँका महिलालाई मोडल हस्पीटल ल्याएर टेनिङ्ग दियौं । अहिले राम्रो काम गरेका छन् । डेलिभरी सवै उसैकोमा जान्छन । हामीले एउटा एम्वुलेन्स दियौं । यति सानो ग्रुप १५ जनाले सुरु गरेको अहिले ४५ जना सदस्य छन् त्यहाँ । यता जुम्ली महिलालाई साक्षर वनाएर तालिम दियौं । तिनीहरुले यतिराम्रो काम गरेका छन् । महिनामा ८० रुपया कमाउन सक्दैन भन्ने जुम्ली महिला अहिले महिनाको १ डेढ लाख रुपया कमाउछु म्याम भनेर फोन गर्छन् । उनिहरुलाई व्यापार गर्न सिकाउदा अहिले फल प्राप्त भयो नि त । संघर्ष गर्नु पर्छ सवै सम्भव छ । सिमी प्याकेट प्याकेट बनाएर काठमाडौं ल्याएर वेच्छ । अग्लो ठाँउमा फल्ने धानको चामल यहाँ ल्याएर वेच्दा मनग्य आमदानी गरेका छन् । तरकारी वनाउन नआउने उनिहरुलाई यहाँ सिकायौं । ग्रुप ग्रुपमा अहिले काम गरिरहेका छन् । जडिवुटी प्रशोधनका लागि गरिवी निवारणसंग कुरा गर्यौ । तर मेशिन दिएन दुख लाग्यो । जुम्लामा जडिवुटि प्रशोधन मेसिनको खाँचो छ । जडिवुटि नै वेचिरहेको छ । त्यसो गर्न दिनु हुदैन । हामी सचेत हुनु पर्छ । मिडियाले वारमवार सुचना दिनु प¥यो । भोली हाम्रो जडिवुटि स्वहा हुदैछ । त्यसवाट वचाउनु प¥यो । त्यसैले गाँउ गाँउमा जागरण ल्याउन सवै पक्ष लाग्नु पर्छ । सवै कुरा सम्भव छ । होइन र ? तपाई मिडियाकर्मीको भूमिका राम्रो छ । हेर्नुहोस, मेरो नातीलाई टिचरले मिस्टेक मुरा सिकाएको रहेछ मैले तिम्रो टिचरले मिस्टेक गरेको छ । त्यसो होइन यो हो भन्दा उस्ले “नो माइ टिचर सेड सो” भन्यो मेरो टिचरले सिकाएको सही हो भन्यो । त्यसैले मिडिया भनेको सहि हो भन्छ । मिडियामा गलत कुरा आएपनि होइन मिडियामा यस्तो आएको छ त्यहि सही हो भन्छ । त्यसैले सहिकुरालाई जनताको माझ पु¥याउनु प¥यो ।

तपाईले अमेरिकामा त्यस्तो छैन भन्नु भयो, के छ त अमेरिकामा ?
अमेरिकाका महिला भिन्नता छ । त्यहाँ महिला र पुरुषमा निकै भिन्नता कायम गरिएको छ । त्यसको दाँजोमा महिला हिंसा नेपालमा छैन भने पनि हुन्छ । प्रजातन्त्रको ठेकेदार ठान्ने अमेरिकाले महिलाई खेलौना ठान्छ । महिलालाई मताधिकारको अधिकार छैन । तर हाम्रोमा यहाँ उहिले देखि नै मताधिकार छ । म चुप लागेर एकैठाँउ बस्ने महिला होईन । घुम्छु चारै तिर हेर्छु । नेपालमा महिला पुरुषले काम गछर्न बरावर ज्याला पाँउछन । अमेरिकामा आकास जमिनको फरक छ । पुरुषलाई बढी ज्याला दिन्छ भने महिलाई त्यसको हाफ ज्याला दिन्छ । त्यसको तुलनामा नेपालका महिलालाई सुख छ । यूरोप, एसिया, अष्टेलिया,न्यूजिल्याण्ड, साउथ अफ्रीका सवै देशमा गएको छु । तर विहानै देखि काममा जोतिने को ? महिला नै होइन ? घरको काम सक्यो फेरी खेतवारीमा जानु पर्छ । काम गरेको छ महिलाले तर मल्यांकन भएको छैन । घर भित्रको कामको पनि मल्यांकन गरिनु पर्छ भन्छु म त ।

दुई छोरी मध्य एउटा आफैसंग काम गरिरहेकी छन् । उनलाई नातिले पनि काममा सघाउने गरेका छन । होटेल व्यवसायका वारेमा कुराकानी गर्न गएका हामी समाजका विभिन्न पक्षसंग एकाकार हुन पायौं । समाजसेवाको जिम्मेवारी अगालेकी अम्वीका श्रेष्ठसंग हामीले विविध पाटापक्षमा कुराकानी गरेका छौं । नेपालमा पहिलो यूथ मुभिमेन्ट खोल्ने द्धारिका दास श्रेष्ठ मेहनती नाम हो । सम्पदाहरुको संरक्षक उनी सरकारी जागिरे भएपनि कडा परिश्रमी व्यक्ती हुन । पूर्खाको देन कला, सस्कृतिको संरक्षणमा अतिनै ध्यान दिने प्रेरणाका धनि । नेपालमा सवैभन्दा पहिले व्याम मन्दिर खोलेर मानिसलाई स्वस्थ रहन र राख्न पहल गर्ने पहिलो व्यक्ति । डाइवेटिज रोगले समातेका उनलाई पछि क्यान्सले ६० वर्षकै उमेरमा अकल्पनिय मृत्यूको मुखमा पु¥यो । उनै द्धारिका दास श्रेष्ठकी धर्म पत्नी हुन अम्वीका श्रेष्ठ ।
अव भने हामी होटल व्यवसायका विषयमा केन्द्रीत भएर कुरा गरौं ।

होटेल व्यवसाय कस्तो व्यवसाय हो ?
नेपालमा होटल अर्थात टुरिजम नेपालको १ नम्वरको व्यवसाय हो । सवैभन्दा प्रकृतिको धनि देश नै नेपाल हो । टुरिजम र होटेल एक अर्काका परिपुरक हुन । यी दुइृ मध्य एउटा भएन भने केही चल्दैन । यो व्यवसायको दायरा फराकिलो बनाउन होम स्टेमा जोड दिन जरुरी छ । नेपालीको आयस्तर बढाउन यो व्यवसाय अगाल्न जरुरी छ । नेपालको आयआर्जनको ठूलो हिस्सा टुरिज्मले ओगटेको छ ।

नेपालमा ठूला ठूला होटल छन तर ति होटलमा पुग्ने टुरिष्ट ल्याउन सक्छौं कि सक्दैनौं ?
बाटो विग्रीएको छ । हामीसंग गतिलो एरर्पोट छैन । ल्यानडिङ्ग गर्नका लागि एक घण्टा आकासमै घुमाउनु पर्ने वाध्यात्मक अवस्था छ । होटेल वर्गीकरण हुनु पर्छ । कनेक्टीभिटिज छैन । सफा चाँहि छ । राज्यले निजगढ विमान स्थल वनाउछु भनेको १० वर्ष भैसक्यो त्यहि त बनेको छैन । हामीले सरकारसंग भन्यौ नेपाललाई एयर हव वनाउनु पर्छ । एउटामात्र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले धान्दैन । संरचनाहरु बलियो बनाउनु पर्छ । नेपालका धेरै ठाँउमा अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्छ । विकासका लागि फास्ट्रयाक त भन्यो तर बनाउन तिर ध्यान छैन । एयरक्राफ्ट हेर्नुहोस हाम्रो कार्गो कलकत्ताबाट जान्छ । अव त्यहाँबाट होइन सिधै जाने बनाउनु पर्छ । ठूलो ठूलो कार्गो संचालन गर्नु पर्छ तव न हामीले भनेजस्तो गर्न सक्छौं । पूर्वको निजगढ, पश्चिमको पोखरा, सुदुर र मध्यपश्चिममा अन्तराष्टिय विमान स्थल बनाउन राज्यले सोच्नु पर्छ । नेपाल पर्यटन नै पर्यटनको देश हो भन्छु ।

तर सरकार सुने नसुने झै गर्छ ?
राज्यले सुन्नु पर्छ । नसुन्दा धरासायी बनि रहेको छ । तराई पहाड हिमाल जोड्नु प¥यो । राजनीति गर्नेले जनताको स्तर बढाउने कुरा बुभ्mनु पर्यो । जसले जनताको ध्यान दिन्छ, जनताले पनि उसलाई हेर्छ । जनतामा ध्यान दिने पोलिटिक्स गर्नु पर्यो । त्यसैले बढी जोड टुरिज्ममा गर्नु पर्यो ।

अवैधानिकका कारण वैधानिक होटल मारमा परेका छन भन्छन ?
कोले के के गरे मैले हेरेको छैन । ट्राभल एजेन्सी एसोशिएसनको प्रेसिडेन्ट हो म । होटेल एसोशिएसनमा बसेर पनि हेरें । हामीले राज्यलाई कर तिरेकै छौं । संरक्षण गरेका छौं नियमनकारी निकायले काम गर्नु प¥यो ।

अहिले सेवा कसरी दिईरहनु भएको छ ?
३ कोठाबाट शुरु गरेका हौं । हाल ८३ कोठामा सेवा संचालन गरिरहेका छौं । सयौं वर्ष पहिलेको संरचनालाई हामीले संरक्षण गरेर राखेका छौं । पुरानो चिज हो । संरक्षणमा नै जुटेका छौं । नेपालका सम्पदा संरक्षणमा सवैले ध्यान दिनु पर्छ ।

समस्या के छ ?
सयकडौ वर्ष पहिलेको यो चिज संरक्षणमा भएकाले वत्ती र पानीको समसया पर्छ कहिलेकाँही । प्रत्यक भmयाल ढोका हेर्नु पर्छ ।

शुरु कहिले ?
१९७२ मा शुरु ग¥यौं । १९७७ मा दर्ता भएको होटल द्धारीकाज हो ।

भुकम्पले जनधनको क्षेति पु¥यायो यहाँ त्यस्तो केहि भयो कि ?
पुरानो चिज राम्ररी विचार पु¥याएरै बनाईएको रहेछ । भुकम्पले पनि केहि क्षेती पुगेन । भूकम्प प्रतिरोधि जस्तै भएको प्रमाणित भयो । पुरानै शैलीको भएकाले पनि राम्रो र सुरक्षीत छौं ।

नेपाल भित्र कहाँ कहाँ पुग्नु भयो ?
म धेरै ठाँउ गएकी छु । तराईमा थारु महिलाले भकारीले भित्ता बनाएको, सरसफाई गरेको, घर समालेको देखेर खुसी भए । थरुनी दिदीवहिनी कडा मेहनत गर्ने है । श्रीमानलाई पनि कस्तो कन्टोल गरेका उनीहरुले । अति मिहनती उनिहरु पुरा सिस्टममा चल्छन ।

तपाई जस्तो व्यक्ति किन राजनीतिमा नआएको ?
मैले विगतमा जे–जति उपलब्धि हासिल गरें, जे सिक्ने–जान्ने मौका पाएँ, त्यसको धरातलमा उभिएर म राजनीतिको माध्यमबाट भन्दा पनि समाज सेवाबाट नै देशका लागिआफ्नो भूमिका निर्वाह गर्न चाहन्छु । मबाट नयाँ पिंढीका साथै विदेश र स्वदेशमा बसेकाहरूले जुन अपेक्षा गरेका छन त्यसअनुसार प्रयास गरिरहेको छु । हामीले सिकेको कुरा क्रमश व्यवसायीक जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्छ भन्ने मान्यता हो । व्यवसाय र राजनीति फरक ढंगबाट चल्नु पर्छ । यसैअनुसार काम गर्छु । म महिलामा जागरण ल्याउन चाहन्छु । हामी यो भएन, त्यो भएन, केहि गरेन भनेर सरकारलाई मात्र दोष नदिँउ । हामी केहि गरेर देखाऔं । खराव व्यक्तिलाई सरकारमा किन पठाउने । जनता जनार्दनले त्यस्तालाई नपठाउ । राजनीतिले सवै नागरिकलाई समान हैसियतमा पु¥याओस भन्छु ।

जीवनमा दुःख को क्षेण ?
भर्खरै पूर्व प्रधानमन्त्री किर्तीनिधि विष्टको निधन भयो । राज्यले सम्मान दिएन । पूर्व प्रधानमन्त्री मरिचमान सिह श्रेष्ठको निधन हुदा पनि राज्यले सम्झेन । कमसे कम राष्टिय व्यक्तित्वलाई त सम्मान गर्न सक्नु पर्छ नि । भारतले नाकावन्दी गर्दा राष्ट्रको पक्षमा उभिएर जनतालाई चाइना र वंगलादेशबाट नून, तेल ल्याएर दिएको हो । हामीमा नाकाबन्दीको कुनै प्रभाव पर्न दिएनन उनिहरले । हाम्रो सम्वन्ध दुवै मुलुक प्रति बरावरी हुन पर्छ । त्यसैले सम्मान पाउनु पर्ने व्यक्तिले नपाउदा दुःख लाग्यो ।

व्यस्तताको बीच समय दिनु भयो त्यस्कालागि धेरै धेरै धन्यवाद ।
मेरो विचारलाई पनि सवैका माझ पु¥याउने अवसर दिनु भयो त्यसका लागि अग्नीज्वाला टिमलाई धन्यवाद । होटल व्यवसायका विषयमा कुरा गर्न आउनु भएको थियो । तर म समाज सेवामा बढी सक्रिय भएकाले समग्रतामा कुरा कानी भयो त्यसका लागि  विशेष धन्यवाद ।

Share on Social Media

>>थप समाचारका लागि अग्निज्वाला संवादाता >>स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।