काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ।  नेपाल प्रिमियर लिग (एनपिएल) ले मंगलवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो। अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिस्ट्रेसन गराएका थिए। एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो। १ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन्।  श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन्। १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ। ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन्।  कुन श्रेणीमा कति खेलाडी आवश्यक श्रेणी ‘ए’ – ४ श्रेणी ‘बी’ – २३ श्रेणी ‘सी’ – १० जम्मा – ३७ न्युनतम र अधिकतम मुल्य श्रेणी ‘ए’ न्यूनतम् १० लाख – अधिकतम १५ लाख श्रेणी ‘बी’ न्यूनतम् ५ लाख – अधिकतम १० लाख श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख