टाटाको ७.७ डिल्स लाइक नेभर बिफोर : पुराना गाडीसँग नयाँ साट्न सकिने


कम्पनीका अनुसार, पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी, र कर्भ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ। ‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रम अन्तर्गत ग्राहकलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमण र एक वर्षको अटो प्लस बीमा सुविधा प्राप्त हुनेछ।
त्यसैगरी, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
ग्राहकहरूले नेपालभरका टाटा मोटर्सका सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन गर्न सक्नेछन्। साथै, हरेक टेस्ट ड्राइभ, बुकिङ, र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ। एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप आइफोन १६ जित्ने अवसर पनि पाउनेछन्।