इजरायल–इरान युद्धः झण्डै ५ सयको मृत्यु, अमेरिकालाई पनि इरानको चेतावनी


काठमाडौं । इजरायलले इरानमाथि हमला थालेयता दुवै देशमागरि झण्डै ५ सय नागरिकको ज्यान गएको छ । यी दुई देशले सार्वजनिक गरेको मृतकको तथ्याङक अनुसार इरानमा ४ सय ५२ जनाको मृत्यु भएको छ भने इजरायलले अहिलेसम्म २४ जनाको ज्यान गएको बताएको छ । एचआरएएनएले दुई देशबीचको बम विस्फोट सुरु भएदेखि नै हताहतको तथ्याङ्क राख्दै आएको छ। एचआरएएनएले उपलब्ध गराएको तथ्याङ्क अनुसार इजरायली आक्रमणका कारण इरानमा ४५२ जनाको मृत्यु भएको छ भने ६४६ जना घाइते भएका छन्। इजरायली अधिकारीका अनुसार शुक्रबारदेखि इजरायलमा २४ जनाको मृत्यु भएको छ भने ८०० भन्दा बढी घाइते भएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको बताइएको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएसको रिपोर्ट अनुसार राष्ट्रपति ट्रम्पले मंगलबार राति इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका हुन्। तर,ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय भने लिइ नसकेको बताइएको छ। एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम त्याग्न सहमत भएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्छन्। यो समाचार पहिलो पटक वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको थियो। बुधबार इरानमा अमेरिकी हस्तक्षेपको बारेमा सोध्दा ट्रम्पले ‘म त्यो गर्न सक्छु,म त्यो नगर्न पनि सक्छु’ भन्ने जवाफ दिएका थिए। जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको गर्यो। इरानले पनि बदलामा इजरायलमाथि आक्रमण गर्यो। त्यसबेलादेखि दुई देशबीचको द्वन्द्व जारी छ। ट्रम्पले इरानकाे सर्वाेच्च नेतालाइ भने तत्काल सरेन्डर गर्न चेतावनी दिएका छन् । सर्वाेच्च नेता अएतुल्या अलि खामेइनी बसेकाे ठाउँबारे सबै थाहा भएकाे र चाहेकाे खण्डमा मार्न सक्ने चेतावनी ट्रम्पले दिएका थिए । त्यसकाे जवाफमा खामेइनीले भने इरानले कसैसँग आत्मसमर्पण नगर्ने बताएका थिए । ट्रम्पको चेतावनीपछि खोमेनीले जवाफमा युद्ध घोषणा गरेका हुन् । खामेनेईको युद्ध घोषणालगत्तै इरानले इजरायलमाथि २५ मिसाइल प्रहार गरेको छ । इरानी मिडियाका अनुसार इरानको सैन्य शाखा आईआरजीसीले बुधबार बिहान इजरायलमा फतह मिसाइल प्रहार गरेको थियो । युद्धमा फतह–१ को प्रयोग गरिएको यो पहिलो पटक हो । फतह मिसाइल हाइपरसोनिक हो । यसको गति आवाजको भन्दा पाँच गुणा बढी हुन्छ । आईआरजीसीका अनुसार फतह मिसाइलले इजरायलको डिफेन्स सिस्टमलाई भेद गर्दै अन्य सुरक्षित क्षेत्रलाई पनि निसाना बनाएको छ । यद्यपि इजरायलमा यो मिसाइलबाट कति क्षति भयो भन्ने आधिकारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन । १३ जुनमा इजरायलले इरानमाथि आक्रमण गरेपछि दुवै देशबीच युद्ध जारी छ । अमेरिकाको ह्युमन राइट्स ग्रुपले इजरायलको आक्रमणमा परी इरानमा अहिलेसम्म ५ सय ८५ जनाको मृत्यु भएको दाबी गरेको छ । इरान सरकारले अहिलेसम्म मृतकहरूको यकिन जानकारी सार्वजनिक गरेको छैन । सोमबारसम्म दिएको जानकारी अनुसार २ सय २४ जना मारिएका छन् भने १२ सय ७७ जना घाइते छन् । यता इजरायलमा भने इरानको आक्रमणमा परी २४ जना मारिएका छन् । इरानले पहिलेदेखि नै अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको तयारी गरिरहेको अमेरिकी अधिकारीले बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । इरानले मिसाइल र हतियार तयार गरेको र आवश्यक पर्दा अमेरिकाविरुद्ध आक्रमण गर्न सक्ने अमेरिकी अधिकारीले बताएका छन् । अमेरिका इजरायलका तर्फबाट युद्धमा सहभागी भए इरानले पनि अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गर्ने अनुमान गरिएको छ । ट्रम्पले इरानलाई चेतावनी दिइरहँदा ६० प्रतिशत अमेरिकी नागरिक भने युद्धको विपक्षमा देखिएका छन् । अमेरिकाको युगावमा भएको एक सर्वेक्षणमा अधिकांश अमेरिकी नागरिकले अमेरिका इजरायल–इरान द्वन्द्वमा सहभागी हुन नहुने सुझाव दिएका हुन् । १६ प्रतिशतले मात्र अमेरिका युद्धमा सहभागी हुनुपर्नेमा सहमति जनाएका छन् ।