सरकारको पहिलो जिम्मेवारी मानवीय ब्यबस्थापन नै हो अध्यक्ष बम ।।

*मेरो सानो अपिल*

मान बहादुर बिश्वकर्मा-कालिकोट|बिश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहानै छ । यहाँ बिस्वका सबै संचार माध्यम हरु यसैमा केन्द्रीकृत भएर सबैलाई सचेत गराइ रहेका छन कसैले जिबनको प्रबाहा नगरि समाज सेवामा लागेका छन त कसैले बाध्यताले लाग्नु परेको छ । यो सन्नाठा छाएको बेला कतै आत्महत्या त कतै जिम्मेवारीबाट पलाएनका कुराले पनि त्यत्तिकै अत्याई रहेको खबर झन जनमानसमा त्रासको राज भैरहेको छ । ईतिहासका हरेका हरेक कालखण्डमा यस्ता माहामारि बिपत नआएका छैनन् प्रकृतिको एक खेल हो फेरि इतिहास निहाल्दा कुनै पुरै सजिब प्राणि नष्ट भएको पनि भेटाउन सकिन्छ भने कुनै माहामारि आउदा मानव जातिमा पुर्ण रुपमा क्षति भएको पनि त छैन त कुनै बेलाको माहामारिले अंसगत क्षेत्रबाट हराएको पनि छ । बिपत र माहामारिलाई हेल चक्राई चाहिँ बिल्कुलै गर्नु हुदैन बिगतको पाठ हो हिजो कोहि जंगल त केहि ओढारमा लुकेर माहामारिबाट बचेको हामिले अध्यायनबाट जानकारी लगेका छौ तर यस्को नाममा आजको परिबेसमा हिजोको शैली हैन अहिलेको आधुनिकताबाट माथि उठेर सरोकारवालाले गरेको अनुरोध अपनाएको बिधिमा रहनु आजको आबस्यकता हो यो बिपतबाट बच्न एक लडाइँ जित्नु हो र यहाँ लडाईका लागि प्रयोग गर्न दिएका सम्पूर्ण औजार प्रयोग गर्ने र उच्च सतर्कता अपनाएर प्रतिरोध गर्न सके बिजय असम्भव छैन र हुदैन आज जो कोहिले सरकार र सरोकार वालाले अपनाउन भनेका कुरा र संचार माध्यमले आधिकारिक क्षत्रबाट प्रारण गरेका कुरालाई अक्षरस पालना गर्नु नै हाम्रो दाइत्व र जिम्मेवारी हो ।

यो नियम पालना गर्न लगाउने सरोकार निकायबाट यो बेला जो कोहि नागरिकले सरकार र सरोकारवालाको अनुभूति गर्न पाउनु पर्छ । जब संकट आउछ त्यति बेला सबै क्षेत्रको उत्तिकै महत्त्व हुन्छ त्यसमा जिम्मेवार निकायनै अभिभाबकत्व बाट बिचलतित हुनु हुदैन यदि यो मौका गुमाइयो भने त्यस्को कुनै अस्तित्व हुदैन हुनु र नहुनु अर्थ रहदैन कक्षा कोठामा पढेका र निरन्तर बिद्यालय आउने बिद्यार्थीको पनि अन्तिम मुल्यांकन परिक्षामा गरिन्छ । हो अभिभाबको मुल्यांकन संकटमा गरिन्छ त्यसैले सरकार अग्नि परिक्षामा छ आफ्नो सकृयता तिब्र गतिले अघि बढाएकै छ । पहल कदमि गरेकै छ । सबैलाई थाहा छ सबैको इच्छा चाहाना एकै चोटि पूरा गर्न सक्ने अबस्थामा छैन सरकार किनकि कसैका माग असिमित छन । हाम्रो मुलक ठूलो लडाई पछि लगत्तै भुकम्प ले थिलो थिलो परेर समालिन नपाउदै यो माहामारिको सामाना गर्नु परिरहेकैछ । यहि बिचबाट पनि बिचल्लीमा परेका नेपाली नागरिकलाई ब्यबस्थापन गर्नु पहिलो जिम्मेवारी हो । हाम्रो देशका नागरिक बिदेश का गल्ती नचाहारि पेट पाल्न सक्ने अबस्थामा अहिले पनि छैनन् देश भित्र र बाहिरका नागरिकको यो बेला चासो चिन्ता र ब्यबस्थापन उत्तिकै हुन जरुरि छ । यो भन्दै गर्दा कुनै चासो देखाको छैन भन्ने हैन तर भन्सारमा किन बिचल्ली छ अनि भारतका ठाउँ ठाउँमा घरबाट निकालिर सठकको पेटिमा बाँस बस्न बाध्य भएका खबर उत्तिकै आएका छन यस्को लागि जति सक्दो चाँडै पहल हुन जरुरि छ सिमा भित्र हामिले आउन नदिने भारतले पसु सरहको ब्यबाहार गर्ने हो भने न छिमेकि असल हुन सक्छ न सरकारले अभिभागत्व ग्रहणगर्न सक्छ ।

मेरा जनता कतै अलपत्र परेर ब्यबस्थापन गर्न नसकि सडकको पेटिमा भोकभोकै मर्ने अबस्था भए के सरकार समालिरहन सक्छौ त ? हाम्रो नैतिकता ले सरकार समाल्न दिन्छत ? हामी जनसरकार हो भनेर जनताका अगाडि मुख देखाउने ठाउँ रहन्छ त ? यी याबत चुनौति छन त्यसैले कतै अल्पत्र नहोस् नेपाली नागरिक छिमेकी मुलुक सँग कुटनितिक पहल कदमि गरेर उद्धार गर्ने र कति दिन क्वारेन्टाइन मा राख्नु पर्छ नेपाली भुमिलाई ल्याएर राख्नुपर्छ ।सिमानामा पुगेकालाई कुनै रोक बिना कुनै छुट्टै ठाउँमा ब्यबस्थापन गर्नु पर्छ र देश भित्र पनि अमानबिय तरिकाले कोठाबाट निकाल्ने र बेसाहारा बनाउने खबरले सनसनि फैलाएको छ यस्को पनि चाँडो ब्यबस्थापन गर्नु पर्छ । हाम्रो पालिकाले बाहिरको नागरिकलाई आफु सरह सम्मान जनक राख्न सक्छौ अन्य पालिकाले पनि उत्तिकै जिम्मेवार भएर ब्यबस्थापन गर्न जरुरि छ । देश भर छरिएर रहेका पालिकाले पलाँताको नागरिकलाई ब्यबस्थापन गरिदिए बापत सम्पूर्ण सुल्क तिर्न तयार हुनेछौ यो बाताबरण माथिल्लो सरकारले तयार गरिदिनु पर्नेछ । हाम्रो पहलकदमि ले नपुग्ने देखिन्छ । यो बेला नागरिक भन्दा सरकार नै बढि जिम्मेवार हो र हुनुपर्छ माक्स र साबुनले मात्र सरकारको अनुभूति हुदैन यहाँ पहिलो कुरा मानबिय ब्यबस्थापन नै हो । यस्मा कोहि नचुक्न आग्रह पनि गर्दछौ र चुक्नु हुन्न चुके इतिहासले धिकार्ने छ । हामी सबैले आज लडाईमा तयार अबस्थामा रहनु पर्छ र यस्को ब्यबस्थापन सरकारले जिम्मा लिन्छ लिनु पर्छ र लिनेछ ।